आदर्श नेपाली समाजको सदस्यता बिस्तार संबन्धी सुचना !
कुनैपनि संस्थाको मेरुदन्ड भनेको त्यस संस्थाका सदस्यहरु नै हुन। यस आदर्श नेपाली समाज स्थापना भएको सातौ बर्ष भयो । यस संस्थाले आफ्नो स्थापना काल देखिनै समाजमा हाम्रा नानीबाबुहरुलाई नेपाली भाषा र संस्कृती सिकाउन नेपाली स्कुल संचालन गर्दै आएको कुरा समाजलाई अबगत भएकै छ।यसको साथै नानीबाबुहरुलाई डान्स पनि सिकाउने, जनस्वास्थ संबन्धी सचेतनामुलक कार्यक्रमहरु संचालन गरेको , ‘हर्डन’ पिकनिक, देउसीभैलो कार्यक्रम र यस्तै धेरै कार्यक्रमहरु संचालन गर्दैगरेको छ।
यस संस्थामा हर्डन, रेष्टन, स्टर्लिगं, आशबर्न, लगाएत यसको वरपर बसोबास गर्ने सम्पु्र्ण नेपाली समुदायलाई जोडनको लागी र सबैको साझा संस्था बनाउनको लागी सदस्यता बिस्तारको अभियान शुरु गरेको छ।
यस संस्थाको कार्यसमितीको सर्बसम्मत निर्णय अनुसार संस्थाको सदस्य बन्नको लागी निम्न अनुसारको सदस्यताको बर्गीकरण गरिएको छ।
⁃ आजीबन सदस्य (श्रीमान र श्रीमती) – $50.00
⁃ साधारण सदस्य ( प्रति व्याक्ति) दुई बर्षको लागी-$10.00
समाजका सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुलाई यस संस्थाको सदस्य बनिदिनुहुन र हाम्रो समाजको गौरबको रुपमा रहेको यस संस्थालाई दरिलो बनाउन यहॉहरु सबैले सहयोग गरिदिनुहुन सादर अनुरोध छ।सदस्य बन्नको लागी संलग्न लिकंमा क्लिक गरि फारममा आफ्नो बिबरण भरेर पठाईदिनहुन अनुरोध छ।
Please complete google form below.
https://docs.google.com/forms/d/e/1FAIpQLSfwBus_z1UI3-bamrm0GFYWlD0EqRJvndDftj8ClnDePjg6ig/viewform?usp=sf_link
धन्यबाद।
अनुरोधक,