सूचना: नयाँ विद्यार्थी भर्ना सम्बन्धी जानकारी (शैक्षिक सत्र 2026)

मोडल नेपाली सोसाइटी, USA (MoNSU) अन्तर्गत सञ्चालित नेपाली स्कूलमा नयाँ शैक्षिक वर्ष २०२५/२६ का लागि भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौं। आफ्ना नानीबाबुहरूलाई नेपाली भाषा, कला र संस्कृतिसँग जोड्न इच्छुक अभिभावकहरूले समयमै सिट सुरक्षित गर्नुहुन अनुरोध छ।
कार्यक्रमको विवरण:
  • अवधि: करिब १० महिना (स्थानीय काउन्टी स्कूल पात्रो/Calendar अनुसार)।
  • अवकाश: गर्मी बिदा (Summer Break) मा कक्षाहरू सञ्चालन हुने छैनन्।
  • उपलब्ध कक्षाहरू:
    १. पूर्वाभ्यास कक्षा (Introductory Level)
    २. अभ्यास कक्षा (Intermediate Level)
    ३. पूर्ण अभ्यास कक्षा (Advanced Level)
शुल्क विवरण:
  • नयाँ विद्यार्थी: $१५०
  • पुराना (Existing) विद्यार्थी: $१००
  • पाठ्यपुस्तक शुल्क: $१० (प्रति पुस्तक)
भुक्तानी प्रक्रिया:
शुल्क भुक्तानीका लागि MoNSU को Zelle Account: monsu20170@gmail.com प्रयोग गर्नुहोला।
  • अनिवार्य नोट: रकम पठाउँदा ‘Note’ सेक्सनमा विद्यार्थीको नाम र “MoNSU Nepali School” स्पष्टसँग उल्लेख गर्नुहोला।
महत्वपूर्ण जानकारी:
कक्षाहरू सीमित भएकाले भर्ना ‘पहिलो आउनेलाई प्राथमिकता’ (First Come, First Served) को आधारमा गरिनेछ। आफ्नो सिट सुरक्षित गर्नका लागि तल दिइएको Google Form भरि दर्ता प्रक्रिया पुरा गर्नुहुन अनुरोध गरिन्छ।
धन्यवाद,
मोडल नेपाली सोसाइटी, USA (MoNSU)
Complete google form below on coming session
https://docs.google.com/forms/d/1-nbvgeNwm9URplqFwpMiOP3VOd6PLmXxnSSOPLJe4SE/edit
Call Now Button