आदर्श नेपाली समाज नेपाली स्कूल – नयाँ शैक्षिक वर्ष भर्ना फारम

आदर्श नेपाली समाज नेपाली स्कूल – नयाँ शैक्षिक वर्ष भर्ना फारम

Model Nepali Society USA द्वारा सञ्चालित नेपाली स्कूलमा नयाँ शैक्षिक वर्षको लागि भर्ना खुल्ला गरिएको छ। नयाँ सत्र हरेक वर्ष अगस्टको मध्यबाट सुरु हुन्छ र विद्यालय स्थानिय काउन्टीको स्कूल पात्रो (county school calendar) अनुसार सञ्चालन हुन्छ। १० महिनाको कार्यक्रम अन्तर्गत, नयाँ विद्यार्थीका लागि शुल्क $150 र पुनः भर्ना हुने विद्यार्थीका लागि $100 निर्धारण गरिएको छ। साथै, कक्षा अनुसार आवश्यक पर्ने प्रत्येक पाठ्यपुस्तकको शुल्क $10 हुनेछ। इच्छुक अभिभावक तथा समुदायका सदस्यहरूले विद्यालय सञ्चालनमा सहयोग पुर्‍याउने उद्देश्यले अनुदान (donation) पनि प्रदान गर्न सक्नुहुन्छ।

शुल्क तथा अनुदान Zelle मार्फत monsu20170@gmail.com मा पठाउन सकिनेछ। भुक्तानी गर्दा Note Section मा आफ्नो पूरा नाम र “नेपाली स्कूल सञ्चालनार्थ फण्ड संकलन” भनेर उल्लेख गर्नु अनिवार्य छ। Model Nepali Society USA एक 501(c)(3) अन्तर्गत दर्ता संस्था भएकाले प्रदान गरिने अनुदान कर कटौतीयोग्य (tax-deductible) हुनेछ। तपाईंको सहयोगले नेपाली भाषा, संस्कृति, र परम्पराको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।

Please complete Google Form

https://docs.google.com/forms/d/e/1FAIpQLSfDAw31tNPqn_vE7eOvzNE4MZnLfMJsPKn9aRw-maPXQjMc4g/viewform?usp=header

Nepali School Teacher Barsha and her students

Nepali School Teacher Pabitra Madam and  her Students

Nepali School Teacher Laxmi Madam and her Students

 

Call Now Button